युवा जनस्वयम्सेवक, नेपाल सिन्धुपाल्चोकको प्रथम बैठक सम्पन्न

युवा जनस्वयम्सेवक, नेपाल सिन्धुपाल्चोकको प्रथम बैठक सम्पन्न

सिन्धुपाल्चोक : जनजागरण तथा सङ्गठनका बिस्तार अभियानलाई निरन्तर दिँदै युवा जनस्वयम्सेवक नेपालको सिन्धुपाल्चोक जिल्लाको प्रथम बैठक सम्पन्न भएको छ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा सम्पन्न बैठकको प्रमुख अतिथि नेकपा (बहुमत) का नबौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् सिन्धुपाल्चोक दोलखा जिल्ला इन्चार्ज बिनय राज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता युवा जन स्वयम्सेवक नेपालको जिल्ला संयोजक पासाङ लामाले गरेका थिए ।

बैठकमा नेकपा (बहुमत) का सिन्धुपाल्चोक दोलखा जिल्ला इन्चार्ज शर्माले बैठकलाई प्रशिक्षण दिँदै युवाहरू देशको फलामे हतियार देशको समवाहक भएकोले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा मोर्चाबन्दी गरेर जनसङ्घर्षमा होमिन निर्देशन दिए । साथै जनजागरण तथा सङ्गठन बिस्तार अभियानको बारेमा स्पष्ट पार्दै हाम्रो यो दुई महिने अभियानलाई साथ र सहयोग गर्नुपर्ने बताए ।

युवा जनस्वयम्सेवक नेपालको प्रथम बैठकको सञ्चालन नेकपा (बहुमत) का जिल्ला संयोजक प्रतिक लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :