भोलि राष्ट्रिय जनजागरण अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) कालीकोट

भोलि राष्ट्रिय जनजागरण अभियान उद्घाटन गर्दै नेकपा (बहुमत) कालीकोट

मान्म कालीकोट : नेकपा (बहुमत) कालीकोटले सदरमुकाम मान्ममा दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ । राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान सफल पार्ने उद्देश्यले बसेको बैठकको अध्यक्षता जिल्ला संयोजक शीतल बिष्टले गरेका थिए ।

बैठकमा प्रमुख अतिथि पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा कर्णाली ब्युरो सहइन्चार्ज आर्जन, विशेष अतिथि पार्टी महाधिवेशन आयोजक समितिका सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज रणबहादुर विक र मुगु जिल्ला संयोजक लामा थिए । बैठकमा प्रमुख अतिथि आर्जनले पार्टी पुनर्गठन, राष्ट्रिय जनजागरण अभियान, नेकपा (क्रान्तिकारी माओवादी) सँगको एकताप्रक्रियाबारे प्रस्ट पारेका थिए ।

जिल्ला इन्चार्ज रणबहादुर विकले राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियानलाई व्यापक बनाउँदै राष्ट्रघात, जनघात, भ्रष्टाचारका विरुद्ध कडा सङ्घर्ष गरिने बताए ।

जिल्ला समिति सदस्य इन्द्र तिरुवाका अनुसार बैठकले पार्टी केन्द्रको निर्देशनअनुसार जनभेटघाट, सङ्गठन विस्तार तथा जनजागरण अभियान भदौ ८ गते सुरु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :