काङ्ग्रेसका सभापतिले बनाउँदै गरेको पुल निर्माण स्थलमा युवा जनस्वयम्सेवकले टाँग्यो कालो ब्यानर

काङ्ग्रेसका सभापतिले बनाउँदै गरेको पुल निर्माण स्थलमा युवा जनस्वयम्सेवकले टाँग्यो कालो ब्यानर

महेन्द्रनगर (कञ्चनपुर) : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरले भीमदत्त नगरपालिका ११ भुजेला माताकुटियास्थित पुल निर्माण स्थलमा निर्माण व्यवसायीका काम लेखिएको कालो ब्यानर टाँगेको छ । नेपाली काङ्ग्रेस डँडेल्धुराका सभापति रहेका ठेकेदार भीमबहादुर साउद सञ्चालक रहेको राजेन्द्र निर्माण सेवाका नाउँमा कालो ब्यानर टाँगिएको हो ।

सङ्गठनले साउन अन्तिम साता सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई अल्टिमेटमसहित बुझाएको मागपत्रको सुनुवाइ नभएपछि निर्माणस्थलमा ब्यानर लगाइएको सङ्गठनले जनाएको छ । निर्माण व्यवसायीले माताकुटियाको पुलसहित जिल्लाभर विकास निर्माणमा लापरबाही गरेकाले कालो ब्यानरमा तिनै गैरजिम्मेवारपूर्ण काम उल्लेख गरिएको छ ।

माताकुटियास्थित ती विकास निर्माणकार्यको ठेक्का राजेन्द्र निर्माण सेवाले लिएको छ । नेपाली काङ्ग्रेस डँडेल्धुराका सभापति भीमबहादुर साउद कम्पनीका सञ्चालक हुन् । उनी परशुराम नगरपालिकाका निवर्तमान मेयर पनि हुन् । कालो ब्यानरमा पनि साउद काङ्ग्रेस जिल्ला सभापति र निवर्तमान मेयर भनेर उल्लेख गरिएको छ ।

युवा जनस्वयम्सेवक नेपालले साउदमाथि सत्ताको आडमा विकास निर्माणमा लापरबाही गरेको उल्लेख गरेको छ । युवा जनस्वयम्सेवक नेपाल कञ्चनपुरका इन्चार्ज दीपेन्द्रसिंह ऐरीले निर्माण कम्पनीका गैरजिम्मेवारपूर्ण कार्यबारे जनतालाई जानकारी गराउन कालो ब्यानर टाँगिएको बताए ।

‘यसबाट पनि सम्झौताअनुसार तत्काल काम सुचारु नभए सङ्घर्ष अघि बढाउँछौँ’, उनले भने । कालो ब्यानरमा निर्माण कम्पनीका काला कर्तुत तथा गैरजिम्मेवार कार्य भन्दै चार बुँदा उल्लेख गरिएको छ । सङ्गठनले कालो ब्यानरमा उल्लेख गरेका विषय यसप्रकार रहेका छन् :

मुसेपानी खोला पुलको सम्झौता २०७४/२/१०
सक्नुपर्ने मिति २०७७/२/१० र २०७८/१२/३० गते
भुजेला खोला माताकुटिया पुल सम्झौता २०७४/२/७
सक्नुपर्ने मिति २०७५/८/५ र २०७८/१२/३०
कामीकाटे पुल सम्झौता मिति २०७४/२/७
सक्नुपर्ने २०७५/९/५ र २०७८/११/२९ गते
ढोडा देखतभुली पुल सम्झौता मिति २०७२/९/२६
सक्नुपर्ने मिति २०७५/९/२५ र २०७७/१०/२५ गते
दैजी–बेल्डाँडी हुलाकी सडक सम्झौता मिति २०७३/११/१
सक्नुपर्ने मिति २०७६/५/१५ र २०७८/१२/३० गते

ब्यानरमा लेखिएको छ :

२. उक्त निर्माणाधीन अवस्थामा रहेका पुल र सडकहरूमा कमसल खालको सामान प्रयोग गरेको जसका कारण पुलहरू भत्किन सुरु भएको पाइएकाले ।
३.उक्त निर्माण कम्पनीमा कार्यरत कर्मचारी र मजदुरहरूको पारिश्रमिक ज्याला विगत २/३ वर्षदेखि नदिएको पाइएकाले ।
४. दैजी–बेल्डाँडी–धनगढी हुलाकी सडक निर्माणकार्यमा चरम लापरबाही भएका कारण जनताले दैनिक सास्ती खेप्नुपरेकाले ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :