कोशी उच्चबाँधको विरोधमा धरानमा प्रदर्शन

अम्बिका चन्द / काठमाडौं : भारतलाई मात्र एकलौटी फाइदा हुने गरी प्रधानमन्त्री देउवाले भारतसँग गरेको कोशी उच्चबाँध सम्झौताको विरोधमा आमसभा तथा जनप्रर्दशन गरिएको छ । कोशी उच्चबाँधबाट तराईका विभिन्न जिल्लाहरु डुवानमा पर्ने र जनधनको क्षति हुने भएकोले उक्त सम्झौताको विरोध गर्दै आएको छ । नेकपा, कोशी ब्युरोको आयोजनामा धरानमा सम्पन्न सभामा पार्टीका स्थायी समिति सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’, वरिष्ठ जलस्रोत विज्ञ डा. गोपाल शिवाकोटी ‘चिन्तन’लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख वक्ता धर्मेन्द्र बास्तोलाले कोशी उच्च बाँध, पञ्चेश्वर परियोजनालगायत भारतसँग गरिएका असमान सन्धि सम्झौताहरु राष्ट्रघाती भएको भन्दै अविलम्ब खारेज गर्नुपर्ने बताउनु भयो ।

सभामा नेकपाका केन्द्रीय सदस्य किरण राई, थमनसिहं राईलगायतको उपस्थिति रहेको थियो । कोशी ब्युरो इन्चार्ज नविनको सभाध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सुनसरी जिल्ला इन्चार्ज प्रज्वलले गर्नुभएको थियो भने स्वागत भाषण धनकुटा इन्चार्ज आकासले गर्नुभएको थियो ।

२०७४ भदौ २३ गते ८ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :