ब्रिक्स सम्मेलन सम्पन्न

काठमाडौंः विश्व अर्थतन्त्रमा अनिश्चितता देखिइरहेको बेला चीनको सियामेन शहरमा ब्रिक्स सम्मेलन सम्पन्न भएको छ । आइतबार उद्घाटन भएको सो सम्मेलन मंगलबार सम्पन्न (भदाै १८–२०) भएको हो । भारत–चीन ७३ दिने तनाव नाटकीय रुपमा अन्त्य भएको एकसाता नबित्दै मोदी चीन पुगेका थिए । ब्रिक्सको यो ९ औं सम्मेलन हो । हरेकवर्ष हुने ब्रिक्स सम्मेलन गतवर्ष भारत नियन्त्रित गोवामा भएको थियो । सन् २००९ मा रुसको एकतरिनवर्गमा प्रथम सम्मेलन हुँदा ब्रिक्सका संस्थापक सदस्यहरु रुस, भारत, चीन र ब्राजिल थिए । सन् २०१० को दोस्रो सम्मेलनमा ब्रिक्समा दक्षिण अफ्रिका समावेश भयो । ब्रिक्स सम्मेलनपछि भारत–चीन तनाव फेरि बढ्दा कि साम्य भइरहला ? चासोकासाथ सबैतिर हेरिएको छ ।

२०७४ भदौ २३ गते ६ः५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :