रोल्पा अझै गीत गा

काठमाडौंः रोल्पा परिवर्तन, विद्रोह, प्रतिरोध र क्रान्तिको नवीन प्रतिबिम्ब हो । विभीषण प्रवृत्तिका कारण एउटा दशक हुन लाग्यो, रोल्पा मौन छ, अमूक–अमूक छ । रोल्पाको मौनताभित्र पीडा, आक्रोस, छटपटी, अविश्वास, आँसु, अकर्मण्यता सबथोक घालमेल देख्न सकिन्छ । रोल्पाको त्यो कोलाज कहिले कताबाट विष्फोट हुने हो, थाहा छैन । कवि अमर गिरीले २०५१ सालतिर गाएझैँ रोल्पा फेरि गाउन खोज्दैछ । रोल्पा पाखा–पखेरा आफ्नो लयमा फर्कन खोज्दैछन् । रोल्पामा अहिले नेकपाद्वारा ‘संगठन सुदृढीकरण एवं प्रतिरोध अभियान’ चलाइएको छ । शुक्रबार माडी गापा २, (साविक घर्तीगाउँ) मा भव्य जनसभाका बीचमा रोल्पाली नेता नन्दबहादुर घर्तीले सो अभियानको उद्घाटन गर्नुभएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला सचिव जागृति र सञ्चालन दलित मुक्ति आन्दोलनका नेता टिकाराम परियारले गर्नुभएको थियो । सो तीन महिने अभियान शनिबार चर्चित गाउँ होलेरी पुगेको थियो । होलेरीमा पनि भव्य जनसभा भएको नेकपा, रोल्पाले जानकारी दिएको छ । सोमबार होलेरीबाट अभियान टोली २० साउनमा जुगार पुगेको र बुधबार २२ गते जिनाबाङको सुखाओदार पुग्ने नेकपाका केन्द्रीय सदस्य तथा अभियान टोलीका नेता नन्दबहादुर बुढाले बताउनुभएको छ । अभियान टोली सभा, बैठक, प्रचार–प्रसार, पींढिसभा, वालिङ गर्दै अगाडि बढेको बताइएको छ । राताेखबरबाट

२०७४ भदौ २२ गते अपरान्ह ७ः१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :