पार्टी केन्द्रीय सदस्य शाहलाई अविलम्ब रिहा गर्न नेकपा (बहुमत) को चेतावनी

पार्टी केन्द्रीय सदस्य शाहलाई अविलम्ब रिहा गर्न नेकपा (बहुमत) को चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) ले पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कृष्ण शाहलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी काममा रहेको समयमा कोहलपुरको हबलदारपुरबाट शुक्रबार राती गिरफ्तार गरिएका पार्टी केन्द्रीय सदस्य शाहलाई अविलम्ब रिहा गर्न, अन्यथा विलम्बका कारण उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनी पनि दिएका छन् ।

पार्टी प्रवक्ता सुदर्शनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कमरेड कृष्ण शाहलाई हिजो शुक्रबार राती १० बजे पार्टी कामको सिलसिलामा पुगेको समयमा कोहलपुर नगरपालिकाको हबलदारपुरबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको छ ।’

पार्टी प्रवक्ताको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘एकातिर वर्तमान सरकारले नेकपा (बहुमत) सँग तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र केपी वली सरकारबीच भएको तीनबुँदे सहमतिअनुसार झूट्टा मुद्दा खारेज गर्ने र सम्पूर्ण राजबन्दी रिहा गर्ने आश्वासन दिइरहेको छ भने अर्कातिर यसरी थप गिरफ्तारीको सिलसिला अघि बढाइरहेको छ । हाम्रो पार्टी सरकारको यो दाहोरो चरित्रको भण्डाफोर गर्दै कमरेड कृष्ण शाहको अविलम्ब रिहाइको माग गर्दछ । यसमा विलम्ब भएमा उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयम् सरकार नै हुनेछ ।’

प्रेस विज्ञप्तिको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :