युवा जनस्वयम्सेवक नेपालले सुरु ग¥यो भ्रष्टहरूमाथि जनकारबाही

खानेपानीमा भ्रष्टाचार गर्ने मल्ललाई कालोमोसो

युवा जनस्वयम्सेवक नेपालले सुरु ग¥यो भ्रष्टहरूमाथि जनकारबाही

बाँके : मिटरब्याजी शोषणविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका विषयसँगै भ्रष्टहरूमाथि जनकारबाही सुरु गरेको छ ।
यसै क्रममा युवा जनस्वयम्सेवक नेपाल कर्णाली ब्युरोले बाँकेको कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्ललाई सोमबार कालोमोसो दलेको छ ।
मल्लमाथि जनकारबाही गर्नुका कारणहरू उल्लेख गर्दै सङ्गठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली सङ्गठन युवा जनस्वयम्सेवक नेपाल राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सन्दर्भमा विगत लामो समयदेखि बलिदानको गौरवपूर्ण इतिहास रच्दै विभिन्नखाले समाजिक विकृति, विसङ्गतिका विरुद्ध धावा बोल्दै आइरहेको कुरा सबैमा अवगत नै छ । यसै सन्दर्भमा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही समययता उपभोक्ताहरूबाट त्यहाँ भइरहेको अनयिमितता खबरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्लले धम्की दिने गरेका थिए । साथै संस्थामा थुप्रैखाले अनियमितता भएकाले चेतावनीस्वरूप हाम्रो सङ्गठनले कालोमोसो दली साङ्केतिक कारबाही गरेको छ ।’
मल्लमाथि कारबाही गर्नुपर्नाका कारण यसप्रकार उल्लेख गरिएको छ ः
१. गतवर्ष नै साधारणसभा गरी नयाँ कार्यसमिति चयन गरी संस्थाको नियमित कार्य सञ्चालन गर्नुपर्नेमा पुरानै समितिलाई निरन्तरता दिई संस्थाको विधानविपरीत अवैधानिक ढङ्गले कार्यसमिति चलाएकाले
२. नगरका विभिन्न ठाउँमा खानेपानी पाइपहरू बिछ्याउँदा तथा मर्मतसम्भार गर्दा व्यापक रूपमा आर्थिक अनमियतता रहेको जनगुनासो आएकाले
३. नगरका विभिन्न वडा ः जस्तै ६, १० र ११ नम्बरलगायत वडामा महिनौँसम्म पानी नदिएको, बिल भने नियमित असुलेको उपभोक्ताले गुनासो राख्दा उल्टै धम्क्याउने जनगुनासो आएकाले
४. फोनमार्फत विभिन्न जानकारी तथा गुनासो राख्दा फोनमा कुरा गर्न नमान्ने, नम्बर चिनेपछि फोन रिसिभ नगर्ने, आमनगरबासीको गुनासो राख्न पाउने र सूचना प्राप्त गर्न पाउने हकबाट जनतालाई वञ्चित गरेकाले ।
५. राजनीतिक पहुँचका भरमा अवैधानिक कार्य गर्ने सामाजिक अपराध गर्ने व्यक्तिलाई संरक्षण गरेकाले
६. सांस्कृतिक रूपमा विचलन, आर्थिक रूपमा अराजक, सामाजिक रूपमा बहिष्कृत भएकाले ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :