नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा

गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न महासचिव विप्लवको निर्देशन

जनप्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न

ककनी : ताम्सालिङ स्वायत्त प्रदेश जनप्रतिनिधि सभाको दोस्रो अधिवेशन नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को प्रमुख आतिथ्यतामा बुधबार नुवाकोटको ककनी गापाको सिस्नेरीमा बुधबार उद्घाटन भएको छ । अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता ओलीले ‘पुरानो सत्ताको विकल्पमा नयाँसत्ता अगाडि आएको बताउनु भयो । वर्तमान संसदीय सत्ताले नेता–जनताको बीचमा व्यापक अन्तर पैदा गरेकाले आफूहरुले नयाँ समाजवादी चरित्रको सत्ता अभ्यासमा लागिरहेको बताउनु भयो । नयाँ समाजवादी सत्तामा नेताहरुलाई आवश्यकताअनुसारको दाम र क्षमताअनुसारको काम, जनताहरुका लागि क्षमताअनुसारको काम र कामअनुसारको दामको मान्यता लागु गर्ने बताउनु भयो । कार्यक्रममा केन्द्रीय जनपरिषद्का उपप्रमुख पदम राई, सभाध्यक्ष उमा भुजेललगायतका नेताहरुले जनपरिषद्को गठन र त्यसको औचित्यको बारेमा प्रकाश पार्नुभएको थियो । दोस्रो जनप्रतिनिधि सभाको अधिवेशनले माणिक लामा प्रमुख रहनु भएको ताम्सालिङ स्वायत्त जनसरकार पुर्नगठन गरेको छ । लामाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित गर्दै अधिवेशन बिहिबार समापन भएको छ ।

२०७४ भदौ २२ गते ४ः११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!