माके नेतृ उर्मिलाको पुत्ला दहन

सुदर्शनराज पाण्डे/विरगञ्जः २ नं. प्रदेशमा तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा विरगञ्जको घण्टाघरमा बुधबार साँझ माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालको पुत्ला दहन भएको छ । प्रचण्ड पक्षको दाहिने हात मानिने अर्यालले टिकट वितरण गर्दा अन्याय गरेको भन्दै माओवादी केन्द्रकै असन्तुष्ट कार्यकर्ताले पुत्ला दहन गरेका हुन् । माकेका तर्फबाट विरगंजको मेयरको टिकट रहबर अन्सारीले पाएका छन् । त्यस्तै टिकट वितरणप्रति असन्तुष्ट भएका काँग्रेसका कार्यकर्ताले सभासद राजेन्द्रबहादुर अमात्यको माइस्थानस्थित घर अगाडि गाली गलौज गर्दै चर्को नाराबाजीसमेत गरेका थिए । काँग्रेसको तर्फबाट अजय द्विवेदीले विरगञ्जको मेयरको टिकट पाएका छन् । एमालेका तर्फबाट टिकट पाएका बसरुद्धिन अन्सारीमाथि एमालेकै कार्याकर्ताले रकमको चरम दुरुपयोग गरेर टिकट हत्याएको आरोप लगाएका छन् । विरगञ्ज नेशनल मेडिकल कजेलका मेनेजिङ डाइरेक्टर तथा लगानी कर्ता बसरुद्धिन अन्सारीले मेडिकल कलेजको घर बहाल कर वापत ९ करोड रुपैयाँ नगरपालिकामा बुझाउन बाँकी छ । नगरपालिकाले बारम्बार ताकेता गर्दा पनि कर बुझाउन अटेर गरेको बुझिएको छ । हालसालै सम्बन्धन खारेजी भएको काठमाडौ स्थित नेशनल मेडिकल कलेजमा समेत उनको लगानी रहेको छ ।

२०७४ भदौ २२ गते २ः४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :