राईलाई गोली हान्ने आदेश

काठमाडौं : नेकपाका रौतहट जिल्ला सचिवालय सदस्य कुमार राईलाई गोली हान्ने माथिको आदेश भएको रौतहट प्रहरीले बताएको छ । बिहीबार विहान राईको घरमा पुगेको सशस्त्र र जनपथ प्रहरीको टोलीले राईका पिता विरबहादुर राईलाई सो बताएको हो । राईको घरमा खानतलासी लिन गएको सशस्त्र र जनपथ प्रहरीको टोलीले चन्द्रविगाहपुर नपा–५, थलाई टोल निवासी विरबहादुर राई (७० वर्ष) लाई कुटपिटसमेत गरेको पीडित विरबहादुरले बताएका छन् । नेकपाका नारायणी ब्युरो इञ्चार्ज मिलनले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादतीको निन्दा गर्नुभएको छ ।

२०७४ भदौ २२ गते १३ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :