एसईईको नतिजा सार्वजनिक (यसरी हेर्नुस नतिजा)

एसईईको नतिजा सार्वजनिक (यसरी हेर्नुस नतिजा)

काठमाडाैँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

गत वैशाख गत ९ देखि २० गतेसम्म सञ्चालन भएको यस वर्षको एसइई परिक्षामा ५ लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए। जसमध्ये २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी थिए। 

राष्ट्रिय परिक्षा बोर्डका अनुसार यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको सङ्ख्या ४१ हजार ६२७ रहेको परीक्षा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको सङ्ख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको सङ्ख्या १ लाख १२ हजार ७३३ रहेका छन् ।

यस्तै १.२ देखि २ ल्याउनेको सङ्ख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको सङ्ख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको सङ्ख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।  

यसरी हेर्नुस् नतिजा

रा.प.बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० www.see.gov.np

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी www.neb.gov.np

नेपाल टेलिकम www.see.ntc.net.np

SMS र IVR जानकी टेक्नोलोजी प्रा. लि. (SMS) प्रयोग हुने सर्टकोड ( ३५००१)

इजी सर्भिस प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३४९४९)

आकाश टेक प्रा.लि.(SMS) प्रयोग हुने सर्टकोड ( ३१००३)

नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने सर्टकोड ( १६००)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :