मन्त्रीको क्रसर उद्योगमा बम विष्फोट

triparकाठमाडौं : उर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठको सर्लाही, लालबन्दीमा रहेको क्रसर उद्योगमा बम विष्फोट भएको छ । गएराती भएको विष्फोटका कारण लाखौंको क्षती हुनुको साथै उद्योग परिसरमा रहेको एउटा ट्रिपर जलेर पूर्णरुपमा ध्वस्त भएको छ । माओवादी केन्द्रको तर्फबाट उर्जा राज्यमन्त्री बनेका श्रेष्ठले क्रसर उद्योगको आवरणमा कर छल्ने, अवैध व्यापार गर्ने र ढुंगा, गिटी, बालुवा महंगोमा बेच्ने गरेको आरोप स्थानीयहरुले लगाउँदै आएका थिए । घट्नाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

२०७४ भदौ २२ गते १२ : २८ मा पकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :