नेकपा (बहुमत) चितवनले नगर र गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझायो

नेकपा (बहुमत) चितवनले नगर र गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझायो

चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले शिक्षा, स्वास्थ्य जस्ता जनताका समस्याहरु तत्काल समाधान गर्न माग गर्दै नगरपालिका र गाउँपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । चितवन जिल्ला अन्तरगत, माडी नगरपालिका इन्चार्ज शान्तिको नेतृत्वमा मेयर ताराकाजी महतोंलाई, रत्ननगर नगरपालिका संयोजक रामको नेतृत्वमा मेयर प्रलाद सापकोटालाई, कालिका नगरपालिका इन्चार्ज ज्योति र संयोजक रुद्रको नेतृत्वमा मेयर विनोद रेग्मीलाई, खैरहनी नगरपालिका इन्चार्ज दिक्पाल र संयोजक भूमिको नेतृत्वमा मेयर शशिकुमार खनियालाई सोमबार उक्त ज्ञापनपत्र बुझाएका हुन् । साथै स्थानीय सत्ता सञ्चालन गर्ने नाममा भएका जनतामारा कुकार्य तत्कालै बन्द गर्न मागसमेत गरेका छन् ।

माडी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र खैरहनी नगरपालिकामा जनताका विरुद्ध गरिएका उत्पीडन, शोषण, दलालहरुका माध्यमबाट प्राकृतिक सन्तुलन नै गुम्नेगरी भएका प्राकृतिक साधन स्रोतमाथिको दोहन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण, जग्गा दलाली, मिटर ब्याजी, लघुबित्त र वित्तीय संस्थाबाट भएका आर्थिक अनियमितता र जनताको सम्पत्ति हडप्ने, निजी विद्यालयहरुले महँगो शुल्क लिने जस्ता कार्य तत्काल रोक्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उक्त ज्ञापनपत्रमा भनिएको छ, ‘सबैखाले दलाल, जनतामारा, भ्रष्टाचारी, मिटर ब्याजी, शक्षिक तथा स्वास्थ्यका माफिया र व्यापारी, क्रसर उद्योगका नाममा भएको अनियमित र प्राकृतिक प्रकोप निम्त्याउने गरी नदी खोलाबाट निकालिएका गिटी बालुवा निकाल्ने, बेच्ने र निकाल्न अनुमति दिने, जनताको खेती योग्य जमिन प्लटिङ गरेर बेच्ने दलालहरुलाई उचित कारवाही गर्न बाध्य हुनेछ । यस विषयमा महानगरपालिका समयमा नै सचेत भएर तुरुन्तै पहल लियोस् भन्ने अपेक्षा पनि लिएका छौँ ।’

ज्ञापनपत्रको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :