प्रहरी ज्यादती विरुद्ध नेकपाको भत्र्सना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इञ्चार्ज सन्देश पौडेलले आफ्ना कार्यकर्ताहरुको घरमा प्रहरीद्वारा घेराउ, खानतलासी र मानसिक यातना दिइएको भन्दै त्यसको भत्र्सना गर्नुभएको छ । बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै इञ्चार्ज पौडेलले विनाकाराण आफ्ना पार्टीका नेताकार्यकर्तालाइ दुःख दिइएकोे बताउनुभएको छ । साथै देउवा–प्रचण्ड सरकार राष्ट्रघाती, दलालहरुको लाचार छायाँ सिवाय अरु प्रमाणित हुन सक्दैन इञ्चार्ज पौडेललेको विज्ञप्ति उल्लेख गरिएको छ । विज्ञप्तिको पूर्णपाठ – उत्तर–साम्राज्यवादका सामु दलाली गर्दै लम्पसार परेर बनेको जनविरोधी, फासिष्ट तथा तानाशाही देउवा–प्रचण्ड सरकारको निर्देशनमा जनताका विरुद्ध सुरक्षाकर्मीहरु परिचालन गरेर बन्दुक, बुट, लाठी बर्साउने र यातना दिने काम गरिरहेको छ । यसको एउटा तीतो यथार्थ प्रदेश नं. २ मा हुन लागेको कथित स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक के.स. देवनाराण साहको धनुषामा प्रहरीद्वारा घर घेराउ गर्नुका साथै परिवारलाई मानसिक यातना दिने काम गरेको छ । जनकपुर ब्युरो सदस्य तथा न्याय विभाग प्रमुख प्रेम राना मगरको महोत्तरी हात्तीलेटको घरमा रक्सीले मातेर आएका सुरक्षाकर्मीले परिवारलाई अभद्र व्यवहार गर्नुका साथै लैनो भैंसीमाथि कुटपिट र घर खानतलासी गरी मोटरसाइकलसमेत तोडफोड ग¥यो । अर्का व्यूरो सदस्य तथा महोत्तरी जिल्ला सेक्रेटरी कमरेड रुपेश कार्कीको भाईको बर्दिबासमा रहेको शुभ स्वस्तिक हस्पिटलमा घेराउ गर्दै, परिवारलाई अनावश्यक धम्की र यातना दिने काम गर्‍यो । महोत्तरी जिल्ला सदस्य बाबुलाल लामाको घरमा गएर १ घन्टाजति घर घेराउ, धम्की र मानसिक यातना दिने काम गर्‍यो । अर्का महोत्तरी जिल्ला सदस्य तथा विद्यार्थी नेता राजन बस्नेतको फुपुको घरमा गएर दुख दिने काम गर्‍यो । यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना एवं निन्दा गर्दछ साथै नेता कार्यकर्ताको घर खानतलासी र परिवारलाई अनावश्यक रुपमा मानसिक यातना दिन तुरुन्त बन्द गर्न र परिवार सबैका हुन्छन् भन्ने स्मरण गराउन चाहन्छौं ।

यसबाट जनतालाई सार्वभौम ठान्ने प्रतिक्रियावादी, अवसरवादी र दलालहरुको भनाई कति झूठ, बेइमानी र पाखण्डले भरिएको छ भन्ने कुरा झन् स्पष्ट भएको छ भने देउवा प्रचण्ड सरकार राष्ट्रघाती, दलालहरुको लाचार छायाँ सिवाय अरु प्रमाणित हुन सक्दैन ।

आमूल परिवर्तन तत्कालीन र ऐतिहासिक आवश्यकता बनिरहेको नेपालको आजका सन्दर्भमा भ्रष्ट, दलाल, राष्ट्रघाती तथा जनघातीहरुका विरुद्ध एकीकृत जनक्रान्तिको पक्षमा मोर्चावद्ध हुन हामी देशका सम्पूर्ण वामपन्थी, देशभक्त, मध्यम वर्ग र जनवादी शक्तिहरु एवं उत्पीडित आम जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौं । 

 

२०७४ भदौ २१ गते २३ : ३५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :