नेकपाका नेताकार्यकर्ता गिरफ्तार

काठमाडौं : तेस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा बुधबार विहान ८ : ३० बजे नेपाल कम्युनिस्ट पार्टीका ३ जना कार्यकर्तालाई पार्टीको सम्पर्क कार्यालय प्राङ्गणबाट प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा उदयपुर सेक्रेटरी बाबुराम सुवेदी, कार्यालय सचिव सुरेन्द्र थापा र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दुर्गा तामाङ रहेकाे सगरमाथा ब्युरो इञ्चार्ज दिपेशले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार ‘उहाँहरुलाई प्रदेश नं. २ चुनावलाई लक्षित गरेर माथिको आदेश भएको हुँदा पक्राउ गरिइएको’ बताएका छन् । गिरफ्तार पर्नेहरुलाई जिप्रका गाईघाटमा राखिएको बताइएको छ ।

२०७४ भदौ २१ गते ११ : ५९ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :