२ नम्वर प्रदेशमा बम आतंक

अम्बिका चन्द / काठमाडौं :  स्थानीय निकाय चुनावको मिति नजिकिंदै गर्दा गएराती सप्तरी, सिरहा र महोत्तरीका विभिन्न ठाउँहरुमा बम विष्फोटका घटना भएका छन् । सप्तरीको त्रियुगा डिस्टीलरीमा २ वटा शक्तिशाली बम विष्फोट भएको प्रहरीले जनाएको छ । उक्त डिस्टीलरीले कर छली गर्दै आएको र उद्योगबाट निस्कने फोहोर राम्रोसँग व्यवस्थापन नगर्दा स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर परेको बताइएको छ । यस्तै गरी महोत्तरीको बर्दिवासमा रहेको नगरपालीकाको कार्यालयमा बम विस्फोट भएको छ । बिष्फोटबाट भवनमा क्षती पुगेको छ । उता सिरहाको सगरमाथा उच्च मावि, मिर्चैयामा पनि गएराती सोही समयमा बम विष्फोट भएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

२०७४ भदौ २१ गते १० : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :