कोरियाको विषयमा सुरक्षा परिषदमा विवाद

एजेन्सी / काठमाडौं :  मंगलबार जनगणतन्त्र कोरियाको आणविक अस्त्रलाई लिएर थप नाकाबन्दी पारित गर्ने उद्देश्यले भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक विवादमा परेको छ । अमेरिका, बेलायत र फ्रान्स नाकाबन्दीको पक्षमा भएपनि रुस र चीन त्यसको विपक्षमा उभिएपछि प्रस्ताव पारित हुन सकेन । यसबाट कोरियालाई राहत मिलेको छ ।

ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा चीनको सियामेन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘उत्तर कोरियालीहरु बरु घाँस खान तयार छन्, तर परमाणु हतियार कार्यक्रम त्याग्दैनन्’ भन्दै थप नाकाबन्दीको कुनै अर्थ नहुने बताएका छन् । इराकमा अमेरिकाले अर्थहिन रुपमा हमला गरेकोप्रति संकेत गर्दै कोरियाले परमाणु हतियार हासिल गर्ने प्रयास नत्याग्नु स्वाभाविक भएको जनाउ पुटिनले दिएका छन् । उता चीनले पनि थप नाकाबन्दी लगाउन नहुने अडान लिएको छ । जसका कारण चीन र अमेरिकाको विवाद चुलिएको छ ।

२०७४ भदौ २१ गते ९ : ४९ मा प्रकाशित 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :