मिटरब्याजी सूदखोरमाथि कारबाही गर्ने नेकपा (बहुमत) सिराहा–सप्तरीको निर्णय

मिटरब्याजी सूदखोरमाथि कारबाही गर्ने नेकपा (बहुमत) सिराहा–सप्तरीको निर्णय

काठमाडौँ : नेकपा (बहुमत) सिराहा र सप्तरीले भिन्नाभिन्नै प्रेस विज्ञप्ति जारी गर्दै हजारौँ निमुखा जनतालाई असजिलो परेको समयमा सहयोग गरेको बहानामा चर्को मिटरब्याजमा पैसा लगाउने र घरबास उठाउने सूदखोरहरूले जनताको घरगृहस्थी नै तहसनहस बनाएकाले यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पार्टीका सिराहा–सप्तरी इन्चार्ज सुमन र सिराहा सेक्रेटरी प्रवीणको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनतालाई आत्महत्यासम्म गर्न बाध्य पार्ने यसप्रकारका गैरकानुनी, गैरजिम्मेवार कार्य गर्ने लघुवित्त सहकारी संस्था तथा अपराधी मिटरब्याजी सूदखोर साहूहरूलाई तुरुन्त कारबाही गरी कानुनी दायरामा ल्याउन र अन्यायमा परेका सर्वसाधारणलाई न्याय दिन अनुरोध गरिएको छ ।

विज्ञप्तिमा राज्यले उत्पीडित जनतामाथि शोषण र अन्याय गर्ने साहूमाथि कारबाही नगरे नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पीडितलाई न्याय दिलाउन सङ्घर्ष गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थिति र परिणामको जबाफदेही सम्बन्धित निकाय नै हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :