६ दलले राष्ट्रघाती नागरिकता विधेयक जलाउँदा झडप

६ दलले राष्ट्रघाती नागरिकता विधेयक जलाउँदा झडप

काठमाडौँ : नेकपा (बहुमत) सहित ६ कम्युनिस्ट पार्टी/मोर्चाले मङ्गलबार माइतीघर मण्डलामा राष्ट्रघाती नागरिकता विधेयक जलाउँदा प्रहरीले दमन गरेको छ । राष्ट्रघाती विधेयक जलाउँदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

विधेयक जलाउन उपस्थित ६ दलका पाँच सयभन्दा बढी नेता–कार्यकर्तालाई नेकपा (बहुमत) का कार्यालय सदस्य गम्भीर, नेकपा क्रान्तिकारी माओवादीका नेता परी थापा र नेकपा मार्क्सवादीका अध्यक्ष लोकनारायण सुवेदी, नेकपा (मसाल) केन्द्रीय समन्वय समितका रामबहादुर बुढा र संयुक्त क्रान्तिकारी मोर्चाका तर्फबाट साध्यबहादुर भण्डारीले सम्बोधन गरेका थिए । वक्ताहरूले दलाल पुँजीवादी शासकहरूले देशलाई फिजी बनाउन लागेको भन्दै सम्पूर्ण देशभक्त जनसमुदाय र शक्तिलाई राष्ट्रियता रक्षाका लागि शक्तिशाली सङ्घर्षमा उत्रिन आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :