गोर्खामा नेकपाको संगठन सुदृढिकरण अभियान

अम्बिका चन्द / काठमाडौं : गोर्खामा नेकपाको संगठन सुदृढिकरण तथा प्रतिरोध अभियानको उद्घाटन गरिएको छ । जिल्लाको लखननगरपालिकास्थित मनकामना बजारमा एक सभाको आयोजना गरी अभियानको उद्घाटन गरिएको हो ।

उद्घाटनमा नेकपाका पोलीट ब्युरो सदस्य ओमप्रकाश पुनले गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई पार्टीको झण्डा हस्तान्तरण गर्नुभएको थियो । व्यापक स्थानीय जनताको सहभागीतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि ओमप्रकाश पुनले आफ्नो पार्टीले देशब्यापी रुपमा संगठन सुदृढिकरण तथा सुद्धिकरण गर्दै अघि बढिरहेको बताउनु भयो । यस्तै नेकपाका केन्द्रीय सदस्य एवं गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा आस्थाले पार्टी कार्यकर्ताहरुलाई अभियानमा शसक्त रुपले सहभागी हुन आग्रह गर्नुभयो ।

चुनु शिल्पा जनसाँस्कृतिक परिवारका कलाकारहरुले कार्यक्रममा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

२०७४ भदौ २० गते २२ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :