चट्याङ लागेर मृत्युु भएका थापा र श्रेष्ठप्रति नेकपा (बहुमत) द्वारा शोक व्यक्त

कञ्चनपुर : जिल्लाको पुनर्बास नगरपालिका ८ पिकनिक स्पोर्ट बस्ने २५ वर्षीया शारदा थापा र सोही नगरपालिका त्रिभुवनबस्ती ६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको रोपाइँ गर्ने क्रममा खेतमा चट्याङ लागेर निधन भएको छ । नेकपा (बहुमत) जिल्ला समिति कञ्चनपुरले शोक वक्तव्य जारी गरी थापा र श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीले विज्ञप्तिमार्फत पहिरो, चट्याङ, हावाहुरीबाट सचेत रहन कञ्चनपुरबासी जनसमुदायमा अनुरोध गरेको छ ।

नेकपा (बहुमत) ले मृतक थापा र श्रेष्ठका सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताप्रति गैरजिम्मेवार दलाल पुँजीवादी सरकारका कारण अकालमै ज्यान गुमाउनुपर्ने हाम्रो यो दुःखद् अवस्थामा बाढी, पहिरो, डुबान, चट्याङ, हावाहुरीबाट सचेत रहन कञ्चनपुरबासी जनसमुदायमा हार्दिक अनुरोध छ ।’

पार्टीले मृतकका आफन्तजनलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न र प्राकृतिक प्रकोपबाट जनधनको क्षति नहु नदिन आवश्यक कदम चाल्न सरकारका सबै निकायलाई सचेत गराएको जिल्ला पार्टी कार्यालय सचिव दीपेन्द्रसिंह ऐरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :