प्रवासी नेपाली एकता मञ्च (भारत) को विशेष राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा गोविन्द्र पाण्डे निर्वाचित

प्रवासी नेपाली एकता मञ्च (भारत) को विशेष राष्ट्रिय भेला सम्पन्न, अध्यक्षमा गोविन्द्र पाण्डे निर्वाचित

हैदराबाद : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट प्रवासी नेपाली एकता मञ्च (भारत) को विशेष राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले गोविन्द्र पाण्डेको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

भारतको हैदराबादमा सम्पन्न भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय सचिवालय सदस्य शार्दूलले विप्लवहरूले संसदीय बाटो अँगालेपछि आफूहरू क्रान्तिकारी बाटोको निरन्तरता दिन अगाडि बढेको बताए । उनले संसदीय बाटो भनेको संशोधनवादीहरूले अँगाल्ने नोकरशाही, दलाल पुँजीवादी सत्ता भएकाले यस्तो व्यवस्था रहेसम्म समान र न्यायपूर्ण मानव जातिको भविष्य नरहने धारणा राखे । उनले यही सैद्धान्तिक निष्कर्षसाथ क्रान्तिकारी पार्टीको निरन्तरतामा त्यस्तो अवस्थाको अन्त्य गर्न निरन्तर लागिपरेको पनि बताए ।

उनले निरन्तर क्रान्तिको अभियानमा प्रवासी नेपालीहरूको बलिदानीपूर्ण साथ रहेको भन्दै धन्यवादसमेत व्यक्त गरेका थिए । उनले प्रवासी नेपालीहरू निरन्तर आन्दोलनमा लागिरहने र जुटिरहने कुरा निकै महत्वपूर्ण रहेकोसमेत बताए ।

भेलामा अतिथिका रूपमा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य डीबी पाण्डे उपस्थित थिए । भेलाको सञ्चालन दीपक तिरुवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :