प्रचण्डका कार्यकर्ता विप्लवतिर

काठमाडौं : क्रान्तिकारी धु्रवीकरण दिनानु दिन बढिरहेको बेला रोल्पामा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु ycl जिल्ला सदस्य झकबहादुर कुमाकी ‘दिपक’, त्रिवेणी गाउँपालिका नेता डम्बरबहादुर डाँगी ‘अभ्यास’, पार्टी जिल्ला सदस्य चतुर्मान केसी र रैबहादुर विश्वकर्मा रहेका छन् ।

जुगार, नेर्पा बजारमा मंगलबार अपरान्ह आयोजित भण्डारफोर सभामा नेकपाका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगर‘विजय’ले उनीहरुलाई अविर र दोसल्ला ओडाएर स्वागत गरेका थिए भने रोल्पा सेक्रेटरी जागृतीले बधाई दिएका थिए ।
२०७४ भदौ २० गते १८ : ४२ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :