विभिन्न समुहबाट नेकपामा प्रवेश गर्नेहरुको लहर

अम्बिका चन्द / काठमाडौं : विभिन्न कम्युनिस्ट घटकहरुमा छरिएर रहेका क्रान्तिकारीहरु नेकपामा प्रवेश गर्ने क्रम बढिरहेको छ । यसैविच माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र स्वतन्त्रबाट गरी ५ जनाले नेकपामा प्रवेश गरेका छन् । काठमाडौंको चन्द्रागिरीमा आयोजित स्कुलिङ विभागको समापन समारोहको अवसरमा नेकपाका पूर्वी कमाण्ड इन्चार्ज सुदर्शन र उपत्यका विशेष ब्यूरो इन्चार्ज माइला लामाले नव प्रवेशीहरुलाई टिका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्नेहरुमा मंगल रोका, कमला रोका, रोहित हमाल, निर्माण बुढा र रामकृष्ण रोका रहेका छन् । यस्तै जनयुद्धका घाइते योद्धा सागर खड्कालाई सम्मान गरिएको थियो । कार्यक्रममा नव प्रवेशीहरुले माओवादी केन्द्र भष्ट्र दलालमा पतन भैसकेको र वैद्य माओवादीको कार्यदिशा अस्पस्ट भएकोले नेकपामा समाहित भएको बताएका छन् ।

२०७४ भदौ २० गते १७ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :