नेकपा (बहुमत) कैलालीद्वारा राष्ट्रघात र महँगीविरुद्ध प्रदर्शन

नेकपा (बहुमत) कैलालीद्वारा राष्ट्रघात र महँगीविरुद्ध प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, बढ्दो महँगी, भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध प्रदर्शन गरेको छ । पार्टीले विविध माग राखी कैलालीको सुखडमा नाराजुलुस गर्दै विरोध प्रदर्शन गरेको हो ।

पेट्रोलियम पदार्थ, खाद्य पदार्थको चर्को मूल्य वृद्धि र भाडा वृद्धि नियन्त्रण गर्नुपर्ने, किसानलाई बिउ, मल समयमै उपलब्ध गराउनुपर्ने, भ्रष्टाचारी, कालोबजारी, तस्करलाई कारबाही गर्नुपर्ने माग प्रदर्शनकारीले राखेका छन् ।

त्यसैगरी एमसीसी, एसपीपीलगायत राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने, तीनबुँदे सहमति लागू गरी सम्पूर्ण राजबन्दीलाई रिहा गर्नुपर्ने पनि उनीहरूको माग छ ।

विरोध कार्यक्रममा प्रदर्शनकारीले बढ्दो महँगी नियन्त्रण गर, किसानलाई मलबिउको व्यवस्था गर, कालोबजारी नियन्त्रण गर, वैदेशिक हस्तक्षेप बन्द गर, संसदीय व्यवस्था मुर्दावाद, दलाल र भ्रष्टहरू होसियार, संसदीय संशोधनवाद मुर्दावादलगायत नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :