होटल व्यवसायीको अधिवेशन सम्पन्न

भीमबहादुर खड्का / चितवन :  होटल व्यवसायी संघ चितवन इकाई कृष्णपुरको नवौं साधारण सभा तथा विशेष अधिवेशन भदौ १७ गते सम्पन्न भएको छ । बुद्धचोकस्थित महाधिवेशन सभाकक्षमा सम्पन्न अधिवेशनको सभाध्यक्ष भीमप्रसाद चापागाईंले गर्नु भएको थियो । कुस्माखर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा स्वागत भाषण इन्द्रप्रसाद रिजाल र पूर्व ईकाई सल्लाहकार तथा वर्तमान इ–रिक्सा व्यवसायी संघ, चितवनका अध्यक्ष वीरेन्द्र लामिछाने, सचिव देवेन्द्र पौडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन इकाई सचिब दीपक ढकालले गर्नु भएको थियो ।
शान्त र सौहार्दपूर्ण वातावरणमा होटल व्यवसायीहरुको उपस्थितिमा सम्पन्न विशेष अधिवेशनबाट दीपक ढकालको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको छ । जसमा उपाध्यक्षद्वय लक्ष्मी कार्की, रामचन्द्र ढकाल, सचिव अरुणबहादुर रानाभाट, कोषाध्यक्ष हरिप्रसाद पौडेल, सहसचिब लेखनाथ भूषाल र सदस्यहरु गंगा पराजुली, कूलप्रसाद चापागाईं, केशव रानाभाटलगायत छन् ।

 

२०७४ भदौ २० गते १२ : ०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :