अवैधरुपमा बालुवा उत्खनन गर्दा डोजर दुर्घटना

काठमाडौं : डोजर खोलामा पैसा झोलामा भन्दै जनप्रतिनिधी र प्रशासनको मिलेमतोमा मौलाएको अवैध बालुवा उत्खनन्को क्रममा एक स्काई भेटर दुर्घटनामा परेको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैधरुपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन् । आइतबार राती नदीबाट अवैधरुपमा बालुवा उत्खनन गरिरहेको स्काभेक्टर नदीमा भासिंदा महादेवस्थानको तसर्पुका २९ वर्षका चालक तामाङ हराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिनुभयो ।

घटना राति १ बजेको भए पनि प्रहरीले भने बिहान ७ बजे मात्र जानकारी पाएको जनाएको छ । जालपादेवी बालुवा प्रशोधन उद्योग प्रालिको रुपमा सञ्चालनमा रहेको कम्पनीले नदीबाट रातको समयमा अवैधरुपमा बालुवा उत्खनन गर्ने गरेको प्रहरीले जनाएको छ । कम्पनीका लगानीकर्ता सातजना रहेकाले उनीहरुलाई कारबाहीको लागि अनुसन्धान भइरहेको र हराएका व्यक्तिको समेत खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

अवैधरुपमा नदीबाट बालुवा झिक्ने कार्य नियन्त्रण नहुँदा मजदुर नदीमा बगेर तथा पुरिएर हराउने क्रम वृद्धि हुँदै गएको छ । जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्प, सामरी सलाखु, फलाखुलगायतको खोलामा ‘हेभी इक्युमेन्ट’ प्रयोग गरी अवैधरूपले बालुवा उत्खनन हुँदै आएको छ ।

समरप्रतिकबाट
२०७४ भदौ २० गते १० :४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :