नेकपाद्वारा पूर्वभूमि सुधारमन्त्रीको जग्गा कब्जा


भीमबहादुर खड्का / चितवन : नेपाल कम्युनिस्ट पार्टी, चितवन रत्ननगर नगरसमितिले पूर्व भूमिसुधारमन्त्री विक्रम पाण्डेको कालिका कण्ट्रक्शनको नाममा रहेको रत्ननगर–९, टिकौलीस्थित सिंचाई छेउमा ३ बिघा जग्गा मंगलबार विहान ८ बजे पार्टीको झण्डा र व्यानर गाडेर े नियन्त्रणमा लिइएको घोषणा गरेका छन् ।

नियन्त्रित जग्गा यस अघि दिलबहादुर बोगटीको नाममा रहेको थियो भने बोगटीले नारायणी लिफ्ट खगेडी शिवनगर सिंचाइले उक्त जग्गा स्वरुप पहिला नै मुअव्जा दिइसकेका थियो । तर सिंचाइको नाममा भने बोगटीबाट लिन नपाउँदै भूमाफियाद्वारा उक्त जग्गालाई व्यक्तिकै नाममा सार्र्नेे षड्यन्त्र अनुरुप दिलबहादुर बोेगटीले आफ्नो जग्गा परशुराम घिमिरेकी श्रीमति शाधना शाह र सरिता गौचनको नाममा पास गरी केही दिनमै रत्ननगरका नेपाली कांग्रेसका वडा समितिका अध्यक्ष रोशन आचार्यको मिलोमत्तोमा सिंचाइको जग्गा विक्रम पाण्डेलाई कालिका कण्ट्रक्शनको नाममा दिने भूमिका निर्वाह गरेका थिए ।

रोशन आचार्यको विरुद्ध त्यस जग्गाको विषयमा अख्तियारमा मुद्दा परेको छ । यस भन्दा पहिला पनि तत्कालिन नेकपाले २०५९ सालमा सो जग्गा दिलबहादुरको नाममा रहँदा आफ्नो नियन्त्रणमा लिएको थियो । 

२०७४ भदौ २० गते १० : ०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :