जनताले सिंहदरबारमा बम हान्नुपर्छ : धर्मेन्द्र बास्तोला ‘कञ्चन’ विदेश विभाग इञ्चार्ज – नेकपा

 काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा विदेश विभाग इञ्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले देशले अब भारतसँगको राष्ट्रघाती सन्धि–सम्झौता र सहमति धान्न नसक्ने भन्दै त्यसलाई खारेज गर्न सिंहदरबारमा बम हान्नु पर्ने बताउनु भएको छ ।

सोमबार काठमाडौंस्थित शान्तिवाटीकामा ‘प्रमको भारत भ्रमण र राष्ट्रियताको प्रश्न’ विषयक सडक अन्तरक्रिया कार्यक्रममा कञ्चनले भन्नु भएको हो ।इञ्चार्ज कञ्चनले प्रधानमन्त्री देउवाले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कोसीमा उच्च बाँध बाँध्ने, अरुण तेस्रो र पञ्चेश्वर परियोजनालाई अहिलेकै अवस्थामा बनाउने सहमति गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै सबै सहमति खारेज गर्न जोडदार माग गर्नुभयो । उहाँले सन्धी–सम्झौता खारेज नगरे जनताले आफैं खारेज गर्ने संघर्ष गर्ने चेतावनी दिनुभयो  ।

खोरेजीका लागि जस्तोसुकै स्तरको संघर्षको नेतृत्व गर्न नेपाल कम्युनिस्ट पार्टी तयार रहेकोसमेत बताउनुभयो । यस्तै नेता कञ्चनले विदेशी दलालभन्दा खतरनाक नेपाली संसदीय व्यवस्थाका दलाल शासक वर्ग  सिंहदरबार र बालुवाटारमा रहेको बताउनु भएको थियो । नेता कञ्चनले कालापानी र लिम्पियाधुराबाट भारतीय सेना लखेट्नु पर्ने पनि बताउनु भएको थियो । 

२०७४ भदौ २० गते ८ : ४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :