कतारमा नेपाली अधिवेशन


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा कतारको तेस्रो अधिवेशनले भक्तबहादुर शाहीको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्षहरु राम कुँवर, जयकिशोर पोछार, धनबहादुुर भण्डारी, महासचिव राजेश ओली, सचिव विवेक मल्ल, कोषाध्यक्ष राजन गुरुङ, सदस्यहरु सुरजकुमार धमला, रामकुमार राना, कृष्ण कुँवर, रविन पुुन, मनसरी घर्ति, गणेश विश्वकर्मा, अरुण आचार्य, विवश लिम्वु, विवश जिम्बा, नरेश तामाङ, खडक धामी, प्रकाश बुढाथोकी, मनोज अधिकारी, आकाश ओली, कमल मगर, कलाधार शर्मा, धर्मेन्द्र मुखिया, डेविड डाँगी, तिलक विश्वकर्मा, नरेश विश्वकर्मा रहेका छन् ।

त्यस्तै सल्लाकार समितिमा एक पद रिक्तसहित रमेश गिरीको संयोेजकमा ७ सदस्यीय समिति चयन गरेका छन् । सल्लाकार समितिका सदस्यहरुमा, श्रीकृष्ण भट्टराई, रमेश पौडेल, राजेन्द्र लिम्वु, हेम कार्की, हेमनाथ बास्कोटा छन् ।

०२ सेप्टेम्बर २०७८ का दिन भव्यताकोे साथ उक्त अधिवेशन सम्पन्न भएको थियो । अधिवेशन समारोह कार्यक्रम कतार स्थित विभिन्न क्रियाशिल सामाजिक संघ संस्थाको प्रतिनिधिहरु र मजदुरहरुको उल्लेखनीय उपस्थिति रहेको बताइएको थियो ।

२०७४ भदौ १९ गते २२ : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :