भण्डाफोर अभियान तीव्र

भीमबहादुर खड्का / चितवन : नेपाल कम्युनिस्ट पार्टी, चितवनले भण्डाफोर अभियान तीव्र पारेको छ । पार्टी केन्द्रीय समितिको निर्णयअनुसार दलाल सत्ता र त्यसका सञ्चालकहरुले देश र जनताका विरुद्ध गर्ने हर्कत तथा देउवाको दिल्ली भ्रमणका क्रममा भएको राष्ट्रघातको विरुद्ध जनस्तरमा व्यापक भण्डाफोर गर्ने निर्णयअनुसार भण्डाफोर सभा गरिएको हो । नेकपाले भदौ १० देखि २० गतेसम्म राजनैतिक भण्डाफोर कार्यक्रम चलाउने पार्टी केन्द्रीय कार्यक्रमअनुसार सभाहरु गरिएको बताइएको छ । सोमबार अपरान्ह खैरानी नगरपालिकास्थित पर्शाचोकमा उक्त कार्यक्रम भएको नेकपा चितवनले जनाएको छ । सो कार्यक्रममा नेकपाका नेता अम्मर रपालीले सम्बोधन गरेका थिए ।

२०७४ भदौ १९ गते १९ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :