मोदी–देउवा सम्झौता विरुद्ध ९ दल सडकमा

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको अवसरमा भएका ४६ बुदे सहमतिको विरोधमा आज राजधानी काठमाडौंको शान्ति बाटिकामा सडक अन्तरक्रिया सम्पन्न भएको छ । मोदी–देउवा सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै वक्ताहरुले कडा अलोचना गरेका छन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य धर्मेन्द्र बास्तोला, नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल, नेकपा (मसाल) का नेता रामप्रकाश पुरीलगायतका वक्ताहरुले देउवा–मोदी सम्झौताको आलोचना गर्दै त्यसको खारेजको माग गरेका छन् । अन्यथा ९ दलले कडा संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन् ।

२०७४ भदौ १९ गते ५ः५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :