उदघाटन गरेको ८ महिना पछि पनि ठोरी अँध्यारै

भीमबहादुर खड्का/डिलकाजी पौडेल, चितवनः पुष्पकमल दाहाल नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्मा, विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, नेतृ उर्मिला अर्याललगायत थुप्रै केन्द्रीय तथा स्थानीय नेताहरुको आतिथ्यतामा विगत २०७३ पुस २२ गते ठोरीमा विजुली बत्तीको उद्घाटन गरेर ठोरीमा विद्युत्सेवा सञ्चालन भएको घोषणा गरे पनि ठोरीका जनता अझै अँध्यारोमै रहेका छन् । दशकौंदेखिको संघर्षपछि मात्र ठोरीमा विद्युत् आपुर्ति भएको भए पनि सबै घरसम्म पुग्ने खम्बा, तार साथै मिटरबक्स नपुगेका कारण ठोरीका ६० प्रतिशतभन्दा बढी जनता अझै अर्काको घरको विजुली हेर्दै निदाउनुको विकल्प नरहेको कुरा स्थानीय डिलकाजी पौडेल बताउँछन् । विद्युत आपुर्ती भएका घरहरुमा पनि साउन २६/२७ गते गएको बाढीका कारण भएको अवरोध अझसम्म पनि पुनःनिर्माण हुन नसकेको कुरा ठोरीका स्थानीय बासिन्दाहरुको गुनासो छ । सानोतिनो समस्यामा पनि हप्तौंसम्म विद्युत् सेवा बन्द हुने समस्या रहेको ठोरीमा राज्यको ध्यान समयमै जानु पर्ने कुरामा पनि पौडेलको जोड छ ।

२०७४ भदौ १९ गते ४ः५० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :