मिटरब्याजमा पैसा लगाएर जनताको शोषण गर्ने केसीलाई राज्यले सजाय नगरे जनकारबाही : नेकपा (बहुमत)

मकवानपुर : नेकपा (बहुमत) मकवानपुरले मिटरब्याजमा पैसा लगाएर जनतालाई घरवारविहीन बनाउने हेटौँडा उपमहानगरपालिका निवासी दिनेश केसीलाई सरकारले कारबाही नगरे पार्टीले जनसङ्घर्ष सञ्चालन गर्ने र त्यसको जबाफदेही सरकार नै हुने चेतावनी दिएको छ ।

पार्टीका जिल्ला इन्चार्ज रवि र संयोजक शक्तिले शुक्रबार विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि १५० जनाभन्दा बढी गरिब, निमुखा दाजुभाइ तथा दिदीबहिनीलाई असजिलो परेको बेला सहयोग गरेको बहानामा चर्काे मिटरब्याजमा पैसा लगाउने र पुनः अदालतमा मुद्दा हालेर पैसा लिई घरबारविहीन बनाउने केसीका अन्यायी क्रियाकलापप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र यस्तो गैरकानुनी र गैरजिम्मेवार कार्य गर्ने केसीलाई तुरुन्तै पक्राउ गरी कानुनी दायरामा ल्याएर अन्यायमा परेका सर्वसाधारणलाई न्याय दिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

रवि र शक्तिको विज्ञप्तिमा भनिएको छ, ‘राज्यको सम्बन्धित निकायले सोझासीधा जनतालाई शोषण र अन्याय गर्ने केसीलाई कानुनी कारबाही नगरे हाम्रो पार्टी बाध्य भएर पीडितहरूलाई न्याय दिलाउन सङ्घर्ष गर्न बाध्य हुनेछ । सङ्घर्षपछि उत्पन्न हुने परिस्थिति र परिणामको जबाफदेही सम्बन्धित निकाय नै हुनेछ ।’ प्रेस विज्ञप्तिको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :