कैलालीमा नेकपा (बहुमत) को ६९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

कैलालीमा नेकपा (बहुमत) को ६९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति कैलालीको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । जिल्लाको घोडाघोडीमा सम्पन्न भेला तथा बैठकले प्रकाश रावल ‘अनमोल’ को संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

उक्त भेला तथा बैठकले २३ सदस्यीय जिल्ला सचिवालय समिति पनि निर्माण गरेको छ । भेलाले नेकपा (बहुमत) निकट महिला, युवा, पत्रकार, विद्यार्थी, किसान, मगर, श्रमिक नेपाल, शिक्षकलगायत जवस÷मोर्चाहरूको जिल्ला भेला र सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला सम्मेलन मङ्सिर महिनाभित्र गरिसक्ने, जिल्लामा देखिएका शैक्षिक विकृति, स्वास्थ्य माफिया, वातावरणीय पर्यावरणको दोहन, कृषक समस्या, मल र बिउको कालोबजारी, मेडिकल माफिया, लघुवित्तको ठगी, मिटरब्याजीहरूका विरुद्ध सङ्घर्ष केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेकपा (बहुमत) को बैठकले जिल्लाभरि राष्ट्रियता र जनतन्त्रका विषयमा सङ्घर्ष गर्ने निर्णय गरेको जनाइएको छ । बैठकले आफ्नो पार्टीका तत्कालीन एवम् दीर्घकालीन रणनीतिक एवम् कार्यनीतिक सवालहरूमा जिल्लाभरि वालपेन्टिङ गर्ने भएको छ ।

उक्त प्रथम भेला तथा बैठकमा प्रमुख अतिथि सेती–महाकाली ब्युरो इन्चार्ज महान, अतिथिहरूमा जिल्ला इन्चार्ज शिखर, ब्युरो कार्यालय सचिव सङ्घर्ष, नवौँ महाधिवेशन आयोजक समितिका सदस्य अमृत, विज्ञान, रोशन, समुद्र, बाजुरा जिल्ला संयोजक केशव, जिल्ला सल्लाहकार सदस्य टीका धामीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :