प्रवासी नेपाली जनसमाज भारतका थप चार जिल्ला पनि नेकपा (बहुमत) तिर

प्रवासी नेपाली जनसमाज भारतका थप चार जिल्ला पनि नेकपा (बहुमत) तिर

काठमाडौँ : कामको सिलसिलामा भारतका विभिन्न राज्यमा रहेर नेपालको क्रान्तिकारी आन्दोलनलाई सघाइरहेका नेपालीहरूको सङ्गठन प्रवासी नेपाली जनसमाज भारतका थप चार जिल्ला पनि विप्लव पक्षबाट विद्रोह गर्दै नेकपा (बहुमत) मा लामबद्ध भएका छन् । यसरी लामबद्ध भएको घोषणा गर्नेहरूमा राज्य संयोजन समिति उत्तर संयुक्त (दीपक तिरुवा, संयोजक), राज्य संयोजन समिति पञ्जाब (गोविन्द पाण्डे), कर्णाटक राज्य संयोजक (तेज तिरुवा) र महाराष्ट्र राज्य संयोजन समिति (सुशील विक, राम सुनार, जीवन धामी, कालु सावद, बजिर विक र कविराज तिरुवा) रहेका छन् ।

चारवटै राज्य संयोजन समितिले बेग्लाबेग्लै विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको नेकपाले पार्टीको बाह्रौँ केन्द्रीय समितिको निर्णयविपरीत दलाल संसदीय व्यवस्थामा समाहित हुने उद्देश्यसहित चुनावमा भाग लिएकाले उक्त समूहबाट विद्रोह गर्दै क्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्न पुनर्गठित नेकपा (बहुमत) मा लामबद्ध भएको उल्लेख छ । तेलाङ्गनालगायत कतिपय राज्य संयोजन समितिका संयोजकहरूले यसअघि नै विज्ञप्ति जारी गरी विद्रोहको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :