नेकपा (बहुमत) उदयपुरको संयोजकमा जटिल

नेकपा (बहुमत) उदयपुरको संयोजकमा जटिल

गाईघाट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) उदयपुर जिल्लाको विशेष भेला सम्पन्न भएको छ । साबिक नेकपाका १५ जना जिल्ला सदस्यसहित जवस मोर्चाका पदाधिकारी सहभागी भेलाले जटिलको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको छ ।

नेकपा (बहुमत) का सचिवालय सदस्य तथा पूर्वी ब्युरो इन्चार्ज निर्मलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा पार्टीका नवौँ महाधिवेशन आयोजक समितिका सदस्य नरेश र प्रवीणको उपस्थिति थियो ।

भेलामा सम्बोधन गर्दै नेता निर्मलले नेत्रविक्रम चन्द ‘विप्लव’ सहिदको बलिदानको अवमूल्यन गर्दै संसदीय बाटोमा लागेपछि पार्टी केन्द्रीय समितिको १२ औँ बैठकको वैचारिक सर्वोच्चतासहित पार्टीको पुनर्गठन गरिएको र क्रान्तिका बाँकी कार्यभार पूरा गर्न लागिपर्नुपर्ने बताए ।

सल्लाहकार समितिका अध्यक्ष उमेशको अध्यक्षतामा सम्पन्न भेलाका सहभागीलाई कविता कार्की ‘तीव्रता’ ले स्वागत गरेकी थिइन् ।

विप्लवको पुतली चुनावी मोर्चा पूर्ण रूपमा असफल भएपछि रौतामाई गाउँपालिकामा १३ औँ बैठक बसेकै दिन १५ भन्दा बढी जिल्ला सदस्य पुनर्गठन अभियानमा सहभागी भएपछि उक्त समूहमा छट्पटाहट बढेको नेकपा (बहुमत) उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :