बेपत्ता योद्धालाई यथाशीघ्र सार्वजनिक नगरिए संघर्ष : नेकपा (बहुमत)

बेपत्ता योद्धालाई यथाशीघ्र सार्वजनिक नगरिए संघर्ष : नेकपा (बहुमत)

काठमाडौँ : नेकपा (बहुमत) ले सम्पूर्ण बेपत्ता योद्धाहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जनयुद्धका नायक भनिनेहरूकै सत्ता साझेदारी रहेको वर्तमान सरकारलाई बेपत्ता योद्धाहरूको अवस्था र सत्यतथ्य यथाशीघ्र सार्वजनिक नगरिए सहिद र बेपत्ता योद्धाहरूको सपना साकार पार्न नेपाली जनता सङ्घर्षको आँधीबेहरी सृष्टि गर्न बाध्य हुने र त्यसको नेतृत्व नेकपा (बहुमत) ले गर्ने चेतावनी दिएका छन् ।

संयोजक कञ्चनले विज्ञप्तिमा जनयुद्धकै नायक भनिनेहरू राज्यसत्तामा पुग्दासमेत बेपत्ता योद्धाको अत्तोपत्तो नभएकोमा चिन्ता व्यक्त गर्दै बेपत्ता योद्धा दिवसका अवसरमा उनीहरूको विशेष सम्मान र स्मरण गरेका छन् । विज्ञप्तिमा नेकपा (बहुमत) बेपत्ता योद्धाहरूका परिवारसँग काँधमा काँध मिलाएर उनीहरूको वास्तविकता पत्ता लगाउने सङ्घर्षमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विज्ञप्तिको पूरा पाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :