क्रान्तिकारीद्वारा चेतावनी–पत्र

भीमबहादुर खड्का / चितवन :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनको संयोजक प्रेम चौधरीको नेतृत्वमा यो या त्यो बाहानामा सरकारी विद्यालयहरु, हिसान अन्तर्गतका विद्यालयहरु र प्याव्सन अन्तर्गतका विद्यालयहरुले लिने गरेका शुल्कको विरोध जनाउँदै त्यसलाई खारेजी गर्नको निम्ती जिल्ला शिक्षा कार्यालय चितवनमा धर्ना, जुलुस गर्दै आज अर्थात सोमबार मध्यान्न जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद आचार्यलाई चेतावनी पत्र बुझाएको छ । विज्ञप्तिमा ‘नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्म शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिकसम्म शिक्षा निशुल्क पाउने भनिएको छ । तर नेपालको दलाल राज्यसत्ता र सूद्खोर सरकारले आफूले बनाएको संविधान आफैैमा उल्लंघन गरेर गरिब नेपाली जनताका छोराछोरीलाई शिक्षाबाट जबरजस्ती बञ्चित गराउने कुचेष्टा गर्दछ । त्यस प्रति हाम्रो संगठन घोर आपत्ती व्यक्त गर्दछ । यदि तुरुन्त यी माथीका माग पुरा नगरे जस्तो सुकै कदम चाल्न बाध्य नपारियोस् जसको जिम्मा सम्बन्धित निकायले व्यहोर्नु पर्नेछ’ भनिएको छ ।


२०७४ भदौ १९ गते १२ ५२ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :