भारतीय सेनाद्वारा बालिकाको हत्या

एजेन्सी/दिल्लीः भारतीय सेनाले काश्मिरमा ५ वर्षीया पाकिस्तानी बालिकाको आइतबार गोली हानेर हत्या गरेको छ । अब्बासपुर सेक्टरस्थित पोलास गाउँमा भारतीय सेनाले जथाभावी गोली चलाउँदा पाकिस्तान नियन्त्रित सो गाउँकी एकजना निर्दोष बालिकाको मृत्यु भएको हो । टोलमा खेलिरहेकी सो बालिकालाई भारतीय सेनाले टाउकोमा गोली हानेका थिए । सो घटनापछि स्थानीय जनताले भारतीय ज्यादतीको विरोधमा नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका थिए । बालिकाका पिता नसरुद्धिन अन्सारीले ‘मेरी ५ वर्षकी छोरी कसरी आतंककारी भई ? उसको के अपराध थियो ?’ प्रश्न गरेका छन् । पाकिस्तानी सञ्चारहरुले सो घटनालाई युद्ध अपराध भनेका छन् । भारतीय सेनाले काश्मिरमा त्यसप्रकारका थुप्रै अपराधजन्य हर्कत गर्दै आएको छ ।

२०७४ भदौ १९ गते १०ः५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :