भारतीय पेन्सन कार्यालयको विरोध

काठमाडौंः फूलबारीमा भारतीय गोर्खा लक्षित स्थायी पेन्सन कार्यालय निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन् । सन् १८१४–०१६ को अंग्रेज–नेपाल युद्धमा जितगढी नजिकको मणिमुकुन्द सेन उद्यान अतिक्रमण हुने भन्दै स्थानीयले विरोध गरेका हुन् । जितगढी क्षेत्र उत्खनन्मा रहेका कारण ऐतिहासिक तथा पुरातात्विक धरोहर नष्ट हुनसक्ने चिन्ता स्थानीयले गरेका छन् । स्थानीय जनप्रतिनिधि, मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवल सामुदायिक वन उपभोक्ता समितिको बैठकले आइतबार सेना, वन कार्यालय, नगरपालिका, प्रहरी भारतीय दूतावासलगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

२०७४ भदौ १९ गते ९ः२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :