नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा मूल्य वृद्धिविरुद्ध प्रदर्शन

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा मूल्य वृद्धिविरुद्ध प्रदर्शन

अर्घाखाँची : नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले ५८ औँ विद्यार्थी दिवस शुभकामना आदानप्रदान गरी मनाएको छ । अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध प्रदर्शन पनि गरेको छ ।
विद्यार्थी दिवस कार्यक्रमका प्रमुख अतिथि नवीन खड्काले दिलबहादुर रम्तेल, प्रज्वल शाहीलगायत महान् सहिदले देखाएको बाटो र सपनालाई मर्न नदिने बरु बलिदान गर्ने बताए ।
कार्यक्रमको अध्यक्षता सङ्गठनका जिल्ला संयोजक पदम नेपाली ‘तुफान’ ले गरेका थिए । कार्यक्रममा अतिथिका रूपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला सदस्य तथा छत्रदेव र पाणिनी गाउँपालिकाका सेक्रेटरी नारायण पाण्डे, पार्टी जिल्ला सदस्य शङ्कर शाह, श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला अध्यक्ष मनु नेपाली सहभागी थिए ।
यसै क्रममा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध अखिल (क्रान्तिकारी) अर्घाखाँचीले विरोध प्रदर्शन गरेको छ । बढ्दो महँगीका विरुद्ध अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आयोजना गरेको प्रदर्शनपछि आयोजित कोणसभामा सम्बोधन गर्दै सङ्गठनका केन्द्रीय सदस्य नवीन खड्काले जनताका आँखामा छारो हालेर पेट्रोलियम पदार्थमा गरिएको १० रुपैयाँ मूल्य वृद्धिका विरुद्ध निरन्तर लडिरहेको बताए । कार्यक्रमको सञ्चालन सङ्गठनका जिल्ला संयोजक पदम नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :