नेताहरू कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता लिई राजनीतिक बहसमा आउन विप्लवलाई नेकपा जाजरकोटको आह्वान

नेताहरू कञ्चन र सुदर्शनमाथिको कथित कारबाही फिर्ता लिई राजनीतिक बहसमा आउन विप्लवलाई नेकपा जाजरकोटको आह्वान

काठमाडौँ : नेकपा जाजरकोटले दलाल संसदीय व्यवस्थाको स्थानीय निर्वाचनलाई सहिदहरुको सपना, पार्टी आन्दोलन र क्रान्तिभन्दा ठूलो ठान्दै पार्टी निर्णयविपरीत पार्टीलाई धरापमा पार्न र फुटपरस्त भई महासचिव विप्लवले पार्टीका सचिवालय सदस्यहरु कञ्चन र सुदर्शनमाथि गरेको कथित जिम्मेवारी मुक्तको अन्यायपूर्ण कारबाही फिर्ता लिई राजनीतिक, वैचारिक र सैद्धान्तिक बहसका लागि तयार हुन आह्वान गरेको छ ।

पार्टी सेक्रेटरी प्रेमबहादुर चलाउने ‘अनन्त’ ले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेतृत्वको क्रान्तिकारी रूपान्तरणसहित पार्टी र आन्दोलन एकताबद्ध बनाउने उद्देश्य जारी नै रहेको र पार्टी नेतृत्व रूपान्तरण भएर गम्भीर र निर्मम आत्मसमीक्षा गर्न तयार भएन भने चुनौतीहरूको सामना गर्दै क्रान्तिको झन्डा बोकेर सङ्घर्षको नयाँ प्रक्रियामा अगाडि बढ्ने गरी तयार रहन सम्पूर्ण नेता–कार्यकर्ता, शुभचिन्तक, समर्थक र आमजनसमुदायमा अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :