चुनावी प्रक्रियामा भाग नलिने र भ्रष्टाचारीहरूको भण्डाफोर गर्ने नेकपा काठमाडौँ महानगरको निर्णय

चुनावी प्रक्रियामा भाग नलिने र भ्रष्टाचारीहरूको भण्डाफोर गर्ने नेकपा काठमाडौँ महानगरको निर्णय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगरको बैठकले पार्टी केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयन गर्दै आउँदो स्थानीय तहको निर्वाचनलगायत कुनै पनि निर्वाचनमा भाग नलिने निर्णय एक मतले पारित गरेको छ । आठौँ केन्द्रीय समितिको १२ औँ बैठकले गरेको निर्णयअनुसार काठमाडौँ महानगरले संसद्‌वादीहरूले गरेको कुनै पनि चुनावी प्रक्रियामा भाग नलिने निर्णय गरेको हो ।

शनिबार नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाको प्रमुख आतिथ्यमा सम्पन्न बैठकका सबै सहभागीको मतअनुसार संसदीय चुनावमा भाग लिने कुरा सैन्द्धान्तिक रूपले गलत भएकाले यसको कुनै पनि प्रक्रियामा भाग नलिने, बरु जनप्रतिनिधिहरूले ५ वर्षको अवधिमा गरेका भ्रष्टाचार र बेथितिहरूलाई भण्डाफोर गर्ने कार्यक्रम तय गरिएको छ । नेकपाका काठमाडौँ महानगरपालिका इन्चार्ज अविरल चन्दको सञ्चालनमा सम्पन्न बैठकको अध्यक्षता महानगर सेक्रेटरी सङ्घर्षले गरेका थिए ।

बैठकमा केन्द्रीय जनश्रममा महानगरमा सहभागी भएका सङ्घर्ष र बबिन, एमसीसीविरोधी आन्दोलनमा सहभागी हुँदा घाइते भएका र जेल–हिरासतबाट मुक्त भएका कार्यकर्तालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :