नेकपा गुल्मीको बैठक सम्पन्न, एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न अपिल

नेकपा गुल्मीको बैठक सम्पन्न, एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न अपिल

तम्घास: नेपाल कम्युनिस्ट पार्टी गुल्मीको प्रथम बैठक जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । बैठकले स्थानीय चुनावमा भ्रष्ट, दलाल र एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न जनतालाई अपिल गर्ने निर्णय गरेको छ ।
बैठकले दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले स्थानीय तहमा भएको बेरुजु, भ्रष्टाचार, आर्थिक अराजकताको सशक्त भण्डाफोर गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी सुमनले बताए ।
उनले जिल्लामा शिवगढीमा बसेको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको बताउँदै जिल्लामा भएको महंगी, कालाबजारी, दलाल, तस्कर, सामाजिक अपराधी र लघुवित्त संस्थाको ज्यादतीविरुद्ध सशक्त जनकारवाही चलाउने बताए ।

बैठकले एमसीसी विरोधी देशभक्त, प्रगतिशील र जनपक्षीय उम्मेदवारको पक्षमा मतदान गर्न जनतालाई अपिल गर्ने र जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षको व्यापक प्रचार गर्ने निर्णय समेत गरेको छ ।
बैठकले जनयुद्धमा सहादत प्राप्त गर्ने मनोजका वुवा सत्यवती गाउँपालिका वडा नं. २ चेहेमीस्थित नरबहादुर तरामुको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :