राेल्पामा वडाध्यक्षसहित एमाले र माओवादी केन्द्र परित्याग गरी ४२ जना नेकपामा प्रवेश

राेल्पामा वडाध्यक्षसहित एमाले र माओवादी केन्द्र परित्याग गरी ४२ जना नेकपामा प्रवेश

रोल्पा: स्थानीय चुनाव नजिकिदै गर्दा रोल्पा गंगादेवमा एमाले र माओवादी केन्द्रमा पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ ।

शनिबार रोल्पा गंगादेव गाउँपालिका २ ओइलाममा एमाले पार्टी वडाध्यक्षसहित ३४ जना, माओवादी केन्द्रबाट ७ जना र नेपाली कांग्रेसबाट १ जना गरि ४२ जनाले विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।                           

नेकपा केन्द्रिय सदस्य चुडामणि वली ‘आदर्श’ र सामना सांस्कृतिक परिवारको केन्द्रीय टोलीले नवप्रवेशीहरुलाई माला र अविर लगाएर स्वागत गरेका थिए । नेता आदर्शले नवप्रवेशीहरुलाई स्वागत गर्दै भ्रष्ट व्यवस्था र तिनका मतियार विरुद्ध लड्नका लागि सबैलाई नेकपामा गोलबन्द हुन आव्हान गरे ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले गंगादेव २ का पार्टी वडाध्यक्ष देव राज वली, लालसिंह महरा, वीरबहादुर वली, नरसिंग परियार, झलक बिक, निर्मल वली, चुडामणि वली, गोबिन्द वली, मनसरा वली, राम बहादुर वली, दललाल बस्नेत, देवसरा वली, हरि बहादुर केसी, यामलाल वली, खड्क बहादुर वली, निर्मला डाँगी, उत्तम बस्नेत, गोपाल परियार, कौसिला वली, दिपक केसी, बिरसिङ केसी, दिपक वली, नामसरा केसी, नबिन घर्ति, मायवर घर्ति, गौरीलाल घर्ति, युवराज घर्ति, पवित्रा घर्ति, भमिका परियार, भरत परियार, डिल्ली बहादुर बस्नेत, बेद बहादुर वली, देब सिङ महरा र खम्मर सिङ वली रहेका छन् ।

नेकपा माओबादी केन्द्र परित्याग गर्नेहरु भद्र्बिर वली, इन्द्रजित वली, रमेश वली, बल बहादुर डाँगी, शेर वली, डम्बर बस्नेत र बिरेन्द्र वली रहेका छन् । त्यसैगरी नेपाली कांग्रेस परित्याग गरि रहमाईका भुवन वलीले नेकपामा प्रवेश गरेका हुन् ।

नेकपा प्रवेश गर्दै अध्य्यक्ष देवराज वलीले एमालेले आफुलाई अपमान गरेको भन्दै चर्को आलोचना गरेका थिए । उनले एमाले गाउँकमिटी अध्यक्ष रोशन वलीले आफुलाई अपमान र विश्वासघात गरेको आरोप लगाएका थिए । नव प्रवेशीहरुले अहिलेका जनप्रतिनिधिहरु भ्रस्ट भएको भन्दै सबैलाई नेकपामा गोलबन्द हुन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :