मुङलिन–नारायणगढ सडक दशैंमा सहज होला ?

चितवनः बिहिबार राती भीषण वर्ष भएपछि नारायणगढ मुग्लिन सडक फेरी अवरुद्ध भएको छ । शनिबार फेरी वर्ष भएपछि पहिरो जाने क्रम रोकिएको छैन । कतिपय स्थानमा सडक तलबाट कटान भएर नारायणीमा झरेको छ । ग्याभीङवाल उठाउनसमेत मुस्किल छ । यो सडक अवरुद्ध हुँदा हेटौंडा–भीमफेदी–फर्पिङ् सडकमा चर्को दबाव परेको छ । शुक्रबार सो सडकको सिस्नेरी खण्डमा पहिरो जाँदा ६ घण्टा सडक अवरुद्ध भयो । दशैं सुरु भैसकेको र वर्षा जारी रहेको कारण यात्रुहरु सास्ती व्यहोर्न बाध्य छन् । सडक विभाग र स्थानीय प्रशासनले भने दशैं अगाडि नै सडक यात्रा सहज बनाउने दाबी गरेका छन् ।

२०७४ भदौ १८ गते ७ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :