साउदीमा नेपाली अधिवेशन

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, साउदी अरबको तेस्रो अधिवेशनले भानु प्रदेशीको नेतृत्वमा एक सदस्यीय रिक्तसहित १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष युवराज कार्की, महासचिव मानबहादुर सहकारी, सचिव सुरेश ओली, कोषाध्यक्ष गोपी अछामी, सदस्यहरु बिष्णु परियार, जयराम बि.क, बिपिन शर्मा निरौला, नन्द किशोर के.सी, कसम मगर, श्याम गिरी, जितेन्द्र बर्देवा छन् ।

त्यस्तै सल्लहाकार समितिमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिका सल्लाकार सदस्यहरुमा दिल सुब्बा, बिपुल ढुंगाना, तिर्थ पाख्रिन रहेका छन् । अधिवेशन खेल मैदानसँगै रहेको सानो मञ्चबाट ३१ अगस्त मध्य राती उदघाटन गरिइएको अधिवेशन सोहि मन्चबाट २ सेप्टेम्बर विहान १० बजे सम्पन्न भएको थियो ।

२०७४ भदौ १८ गते १९ :०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :