निर्वाचनप्रक्रिया बुझ्न नेकपा प्रवक्ता प्रकाण्ड निर्वाचन आयोगमा

निर्वाचनप्रक्रिया बुझ्न नेकपा प्रवक्ता प्रकाण्ड निर्वाचन आयोगमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्ड निर्वाचनप्रक्रियालगायत विविध विषयमा छलफल गर्न निर्वाचन आयोगमा गएको पुष्टि गरेको छ ।

नेकपा केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार प्रवक्ता प्रकाण्ड बिहीबार निर्वाचन आयोगमा निर्वाचनको प्रक्रिया बुझ्न र त्यस विषयमा छलफल गर्न गएको पुष्टि गरेको हो ।

‘पार्टी प्रवक्ता निर्वाचनसम्बन्धी प्रक्रिया बुझ्न निर्वाचन आयोगमा पुग्नुभएको हो । देशभरबाट मतदाता नामावलीका बारेमा गुनासा र जिज्ञासाहरु आएकाले त्यसका बारेमा बुझ्नका लागि प्रवक्ता आयोग जानुभएको हो’, पार्टी केन्द्रीय कार्यालय स्रोतले भन्यो ।

स्मरणीय छ, नेकपाको १२ औँ पूर्ण बैठकले पार्टी दर्ता गरेर निर्वाचनमा नजाने निर्णय गरिसकेको छ । पार्टी चुनावमा नगए पनि एमसीसीविरोधी, देशभक्त व्यक्तिहरू चुनावमा उठेमा त्यस्ता उम्मेदवारलाई स्वतन्त्र रूपमा सघाउन सक्ने निर्णय भने बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :